पहिलो २ - ३ वटा परीक्षालाइृ मात्रै पछि सारेर अरु यथावत गर्ने विकल्पमा समेत छलफल भएपनि बोर्डले असार ८ गते गर्ने निर्णय गरेको हो ।
'देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको हो, तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार छ' नियन्त्रक डम्बर कुमार बतासले भने ।
यस अघि कक्षा १२ को परीक्षा ब्यवस्थि तगर्न नसकेको भन्दै नियन्त्रक सन्तोष अर्याललाई पदमुक्त गरेर बतासलाई जिम्मेवारी दिईएको हो । उनका सामू परीक्षा ब्यवस्थि तगर्ने काम चुनौती पूर्ण छ ।